तस्करको नियन्त्रणमा सरकार:  उपमहासचिव गुरुङ

पाेखरा | माघ २०, २०८०

तस्करको नियन्त्रणमा सरकार:  उपमहासचिव गुरुङ

पोखरा:   नेकपा एमालेका उपमहासचिव एवम् गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको सरकार तस्करको नियन्त्रणमा रहेको बताएका छन् । 


पोखरामा आज आयोजित (शनिबार) नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम प्रदेश सभालाई सम्बोधन गर्दै गुरुङले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले अहिलेको सरकार तस्करहरुको नियन्त्रणमा रहेको उल्लेख गरे ।


‘यसको हाम्रो १७ खर्वको बजेट हो । १३ खर्व बढी राजश्व उठाउन पर्छ तर अहिले ३५ प्रतिशत पनि राजश्व उठ्न सकेको छैन । किन यस्तो भइरहेको छ, गुरुङले भने, ‘चुनावको समयमा यिनीहरुले भ्रष्ट र तस्करसँग साठगाँठ गरे । सबै ठाउँमा सेटिङ गरे अनि राजश्व उठ्न नसक्दा अर्थतन्त्र चलायनमान हुन सकेन ।’


उनले चुनावको समयमा सबै ठाउँमा सेटिङ गरेकाले अहिले अर्थतन्त्र चलायन हुन नसकेको टिप्पणी गरे । 


उपमहासचिव गुरुङले नेकपाको सरकार हुँदा संसारको देशहरु मध्ये ७ प्रतिशत आर्थिक वृद्धिदर बढी हुनेमा नेपालसमेत रहेको दाबी गरे । 


‘नेकपाको सरकार हुँदा संसार भर ७ प्रतिशत आर्थिक वृद्धिदर हुनेमा नेपाल समेत थियो तर त्यो कायम रहन सकेन, उनले भने, ‘नेपालमा लगानी ग¥यो भने नेपालमा उद्योग, व्यापार, व्यवसाय ग¥यो भने देशको आर्थिक वृद्धिदर देखि रोजगार ढोका खुल्ने अवधारणा ल्याएपनि अहिले सबै बन्द भए ।’


उनले विदेशका भएका युवाहरुलाई समेत नेपालमा लगानी गर्ने वातावरण सिर्जना गरेपनि अहिलेको सरकारको कारण त्यो पुनः युवाहरुमा निराशामा परिणत गरेको उल्लेख गरे । 


पार्टीको जनवर्गीय संगठनहरु पाटीको नीति तथा कार्यक्रममा रहेर सञ्चालन हुन आवश्यक रहेको समेत उनले बताएका थिए ।


सरकार उधारोमा चलेको छ: पूर्व अर्थमन्त्री डा. खतिवडा

 

नेपाल सरकारका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेको सरकार उधारोमा चलेको बताए ।


‘राजश्वमा सेटिङ भइरहेको छ । सरकारले राखेको लक्ष्य अनुसार राजश्व संकलनमा हुनेमा शंका छ, डा. खतिवडाले भने, ‘अर्थतन्त्र चलायमान हुन नसक्दा सरकारले निर्माण व्यवसायी देखि कृषि अनुदान, बीमामा अनुदान दिन सकेको छैन ।’


अहिले व्यापारीहरु उधारोको चङ्गुलमा फसेकाले त्यो उठाउन कानून बनाउन आवश्यक रहेकाले त्यसको मस्यौदा तयार गरेर सरकारलाई दिएको डा.खतिवताले बताए ।


उनले अहिलको शैक्षिक क्यालेन्डर बिग्रदा कलेज, क्याम्पसका विद्यार्थीहरु विदेश पलायन भइरहेको धारणा राखे ।
 

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्